काठमाडौं । महाभूकम्प र त्यसपछिका पराकम्पन नरोकिएपछि धेरैलाई धेरै जिज्ञासा छन् । अनेकखाले हल्ला र अड्कलबाजी त्यत्तिकै छन् । आखिर के भएर आयो महाभूकम्प रु अब के होला ?
‘युरेसियन (तिब्बतियन) र इन्डियन प्लेटको कडा घर्षणको परिणाम हो यो,’ भुगर्भशास्त्रका सहप्राध्यापक डा। तारानिधि भट्टराईले भने,‘अहिले इन्डियन प्लेट तिब्बतियन प्लेटमुनि छिरेको छ ।
तर अघि जान सकेन । दुवै प्लेट आपसमा रगडिए । त्यसले चट्टानमा चाप पर्यो । त्यही कारण भूकम्प गयो ।’ पराकम्पन (पटक पटक आउने सानो झड्का) कै कारण अनात्तिन पनि विज्ञहरुले सुझाएका छन् ।
‘ठूलो भूकम्पपछिको कम्पन्न राम्रो हो’, भूगर्भविद् डा। कृष्ण देवकोटाले भने,‘यसले अर्को ठूलो भूकम्प जाने खतरा कम गर्छ ।’ इन्डियन र तिब्बतियन प्लेट मिलेर हिमालयन शृंखला बनेको छ ।
भूगर्भशास्त्रीका अनुसार यो पूर्वको म्यानमारदेखि पश्चिमको अफगानिस्नतासम्म २४ सय किलोमिटर तल छ । तैपनि यो सबै इलाकामा भूकम्प जाँदैन ।
आउने ठाउँमा पनि ठूलो भूकम्प सय वर्षको हाराहारीमा मात्र आउने विगतले पुष्टि गर्दै आएको छ । भूगर्भविद्हरुका अनुसार इन्डियन प्लेट र युरेसियन प्लेट चलायमान छन् ।
हाल एसियामुनिको भागमा सक्रिय छन् । जापानमा छुट्टै प्लेट छ । त्यसले भूकम्प गइरहन्छ । एन्डोएसिया र चिलीका प्लेट पनि फरक हुन् । कुनै एउटा प्लेटमा अर्को प्लेट छिरेपछि तलको भाग भित्र जान्छ, माथिल्लो भाग माथि उठ्छ । त्यही कारण भूकम्प जान्छ ।
भूगर्भशास्त्रका प्राध्यापक विशालनाथ उप्रेतीका अनुसार इन्डियन प्लेट मुनि गएपछि शक्ति सञ्चय भई थाम्न नसकेपछि विस्पोट भएको हो ।
भूकम्प मापन केन्द्रका प्रमुख भूगर्भविद् लोकविजय अधिकारीका अनुसार संसारको भूखण्डको दुई तिहाइ भागमा भूकम्पीय खतरा छ । एक तिहाइ मात्र सुरक्षित छ ।
‘कुन ठाउँमा भूकम्प जान्छ भनेर अनुमान गर्न त सकिन्छ’ उनले भने,‘तर, कहाँ कत्रो र कतिखेर जान्छ भनेर भन्न सकिन्न ।’
विज्ञहरुका अनुसार प्लेटको सक्रियता जारी रहे पनि एउटा ठूलो भूकम्प गएपछि अर्को आउन लामो समय लाग्न सक्छ ।
‘कुनै पनि भूकम्प गएपछि पराकम्पन एक डेढ महिनासम्म हुन सक्छ । यो घट्दै जान्छ’, उप्रेतीले भने,‘अब ७.८ रेक्टरको वा ठूलोचाहिँ नआउन सक्छ ।’
प्रस्तुति: भूगर्भविद् कृष्ण देवकोटा
केशरमणि कटुवाल
एक वर्षभित्रमा संविधान बनाउने कसम खाएर एक युगमा एक पटक हुने भनिएको संविधानसभाको दोस्रोपटक निर्वाचन गराएको १ वर्ष पुरा हुन लागेको छ । संविधानसभाको पहिलो बैठक बसेको मितिले आगामी माघ ८ गते नेपाली जनताले संविधान पाइसक्नुपर्नेछ । तर, यहाँका राजनीतिक दलको कछुवा गति हेर्दा यसपटक पनि निर्धारित समयमा जनताले संविधान पाउँदैनन् भन्ने सहज अनुमान लगाउन सकिन्छ ।
संविधान निर्माणको कार्यतालिका अनुसार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आफ्नो प्रतिवेदन बुझाएर यतिबेला संविधानसभाबाट मस्यौदा समितिमा पुगि जनताको राय सुझावकालागि लगिनुपर्दथ्यो । तर, अझै संविधान निर्माणका क्रममा देखा परेका संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीजस्ता महत्वपूर्ण विषयहरुमा सहमति जुट्न सकिरहेको छैन ।
विवादित विषयमा सहमति जुटाउने जिम्म पाएको संवाद समितिमा सत्तारुढ काँग्रेस एमालेले सहमतिका लागि भन्दै ७ प्रदेशको प्रस्ताव पेश गरेपछि दलहरुबीच उत्पन्न विवादले समितिको बैठक बस्नु त परको कुरा दलहरु अनौपचारिक छलफलमा समेत जुट्न सकेका छैनन् । अहिले विवाद ठिक त्यही पुगेको छ, जहाँ अघिल्लो संविधानसभाको घाँटी निमोठिएको थियो । दलहरु अहिले सहमतिको पहल छोडेर आ–आफ्नो डम्फु बजाउनमा व्यस्त देखिन्छन् ।
सत्तारुढ दलहरु संविधान निर्माणका लागि संविधानसभा बाहिर रहेका दलहरुलाई समेत सहमतिमा ल्याउनुपर्ने बेला विपक्षी दलहरुलाई समेत पत्रकार सम्मेलन गरेर धम्क्याइरहेका छन् भने विपक्षी एमाओवादी २२ दलको गठबन्धन नै बनाएर देशव्यापी जनसभा गरेर धम्क्याइरहेको छ । अहिले संविधान निर्माणका लागि कसले कति भूमिका निर्वाह गर्ने भन्दा पनि कसले कसलाई बढी धम्क्याउने भन्ने प्रतिस्पर्धा नै चलिरहेको छ । यसले दलहरु सहमतिका लागि गम्भीर छैनन् भन्ने कुरा दिनको घाम जस्तै छर्लङ्ग भएको छ ।
दुई तिहाई बहुमतले नै विपक्षी दलहरुलाई पेलेर भएपनि संविधान बनाउँछौं भन्ने काग्रेस एमालेको चिन्तन र त्यसबाट त्रसित भएका विपक्षीहरु सहमति गर्नबाट पन्छिइरहेका छन् । एमाओवादी मोर्चाले पछिल्लो समयमा विभिन्न स्थानमा गरेका आमसभा र काँग्रेस एमालेले राजधानीमा कात्तिक २३ गते गरेको पत्रकार सम्मेलन त्यसैको ज्वलन्त उदाहरण हुन् ।
यसै सिलसिलामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ संविधान निर्माणका लागि शक्ति आर्जन गर्न भन्दै रौल्पातिर लागेका छन् । राष्ट्रिय सहमति कायम गरी संविधान दिनका लागि विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले आफ्नो भूमिका रहेको बताउने प्रचण्ड अहिले किन त्यही राष्ट्रिय सहमति गर्न छोडेर रोल्पातिर हान्निदै छन् रु यदी राष्ट्रिय सहमति नै चाहेको भए राजधानीमा बसेर सहमति जुटाउन किन सम्भव भएन रु होइन, संविधानका लागि शक्ति नै चाहिएको हो भने पूर्व मेचीदेखि मध्य तराईसम्म आईपुग्दा किन शक्ति आर्जन हुन सकेन रु यो गम्भीर प्रश्न हो एमाओवादी, उसले नेतृत्व गरेको २२ दलीय मोर्चा र माओवादी विचारधारालाई ग्रहण गर्ने सबै पार्टीहरुलाई पनि ।
अहिले रोल्पामात्रै होइन, झापादेखि कैलालीसम्म, ताप्लेजुङदेखि दार्जुला सम्म र हिमालदेखि तराईसम्मका सबै जनताको एउटै चाहाना हो, देशमा शान्ति, स्थायित्व र अमनचयन । यसमा तलमाथि गरेर देशलाई अनिर्णयको बन्दी बनाउने अधिकार कसैलाई पनि छैन । नेपालमा आमूल परिवर्तनका नारा दिएर गरिएको जनयुद्धमा रोल्पाले ठूलो बलिदान गर्यो तर आज कतिपय नेताहरुलाई त्यही रोल्पा देखाएर धर्काउने माध्यम बन्न थालेको छ । त्यसो भए तपाई आफैं उत्तर खोज्नुहोस् तपाईलाई ताप्लेजुङदेखि दार्चुलासम्म र झापादेखि कैलाली सम्मका जनताले किन त्यहीमात्रामा साथ दिएनन् रु १५ औं हजारको बलिदानी भएको १० वर्षे जनयुद्धको सुप्रिम कमाण्डर कमरेड प्रचण्ड अहिले किन देशभरीबाट शक्ति आर्जन गर्न सक्नुभएन रु त्यसमा कतै तपाई आफ्नै कमजोरी त छैन, अनी आज रोल्पालाई मात्रै आफ्नो सुरक्षित ठाउँ सम्झिनुभएको त हैन रु हैन भने आफैले रोजेको संसदवादी फोहोरी आहालमा पसेपछि त्यसलाई पार लगाउने हिम्मत गर्नैपर्छ ।
त्यो रोल्पाबाट मात्रै सम्झव छैन । रोल्पाले आफ्नो एउटा महत्वपूर्ण अभिभारा पुरा गरिसक्यो अब उसलाई विश्रामको आवश्यकता छ । चहर्याएका घाउमा मल्हम पट्टी लगाउनुपर्ने छ । घाइते, अपांग वेपत्ता र अंगभंग भएकाका परिवारलाई नाना, दाना र छानाको आवश्यकता छ, तपाईको फुस्रो आश्वासनको मात्रै होइन । नेपालको परिवर्तनकारी आन्दोलनमा भीमदत्त पन्तदेखि रन्तकुमार वान्तावा हुँदै, छिन्ताङ्ग हत्याकाण्ड र माओवादी जनयुद्धमा मारिएका १५ औं हजार वीर विरंगनाहरुका परिवारको आजको वास्तविक अवस्था आज के छ रु तिनीहरुको घाउमा सबैभन्दा पहिले मल्हमपट्टी लगाएर मात्रै शक्ति आर्जन हुनसक्छ अन्यथा मुखले मात्रै गरिने शक्ति आर्जनले नेपालमा परिवर्तन संस्थागत हुन सक्दैन, न त प्रतिगामीहरुको सल्बलाहटलाई रोक्ने तागत नै आउँछ ।
आज नेपालको माओवादी आन्दोलन जुन ठाउँमा आएर अकर्मन्यतामा फसेको छ त्यो आफैले निम्त्याएको भड्खालो हो । प्रचण्ड कमरेड, आज तपाईलाई कुनै न कुनै ठाउँमा बाटो बिराएको जस्तो लाग्दैन रु २०६८ को चैत्र २८ लाई सम्झिनुहोस् त, तपाई आफैंले तपाईलाई जनयुद्धभरी पहरा दिने जनसेनालाई मध्यरातमा कब्जा गराएको, अनी २ लाख, तीन लाख, पाँच लाखका पोका बोकेर घर फर्किएका जनसेनाहरु आफ्नै कमाण्डरहरुबाट बाटोमै लुटिएको ।
जुन तागत र शक्तिले जनयुद्ध लडिएको थियो, ती इमान्दार कार्यकर्ता र जनसेनाका जवानहरु आज छोराछोरीलाई भोटो, श्रीमतीलाई फरियाँ र बाबुआमालाई कमिज फेरिदिनका लागि तपाईको साम्यवादको सपना होइन माओवादी आन्दोलनले दिएको चरम निराशा र कुण्डा र पीढा बोकेर साउदी, कतार, दुवई, मलेसियामाजस्ता खाडी मुलुकमा मजदुरी गरिरहेका छन् । शक्ति आर्जन गर्न त्यता जाने कि नजाने रु
अन्त्यमा, माओवादी आन्दोलन कुनै व्यक्तिवाद, भैंसीपुजा, उग्रवादी भड्काव र दक्षिणपन्थी संशोधनवादका निम्ति थिएन नेपाल र नेपाली जनताको राज्यसत्ता र सिंगो मानवजातिको उन्नतिको लागि थालिएको महान् अभिनयान पनि थियो । तपाईले नै जनयुद्धपूर्व लेखेको दस्तावजेनको शब्दलाई सापट लिने हो भने एक पटक उठाएको बन्दुक उद्देश्य पुरा नहुदै बिसाएमा त्यो जनताप्रतिको धोखा, बेइमानी, गद्दारी र अपराध हो । त्यो अपराध त भइ नै सक्यो । त्यसमाथि पनि माओवादी आन्दोलनलाई उग्रवामपन्थी भड्काव र दक्षिणपन्थी अवसरवादबाट बचाएर एकताबद्ध गरी क्रान्तिकारी पार्टी निर्माण गर्दै क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने काम पनि पुरा हुन सकेन र छिन्नभिन्न भएर आ आफ्नै चुला चौका बनाउने काम भए ।
यसले न त क्रान्तिलाई सेवा गरेको छ, न त छिन्नभिन्न टुक्राहरुबाट क्रान्ति पुरा हुने आशा नै गर्ने प्रशस्त ठाउँ छ । शान्ति प्रक्रियाका नाममा जसरी आफूलाई इमान्दार देखाउन आफ्ना सबै साधनहरुलाई निष्कृय बनाउने जुन काम भयो त्यहीबाट नै शक्ति क्षीण बनेको हो, अब शक्ति आर्जन गर्ने ठाउँपनि त्यहीबाट खोज्न जरुरी छ । अब स्पष्ट शब्दमा भन्ने हो भने अबको बाटो शान्ति र संविधानको होकी नयाँ विद्रोहको हो, त्यसलाई निक्र्यौल गर्दै विगतमा जनतासँग गरेका बाचाहरु र सहिद घाइते अपांग, बेपत्ता र अंगभंग भएकाका परिवारका घाउमा मल्हम लगाउँदै माओवादी आन्दोलनलाई एकताबद्ध गर्न जरुरी छ । त्यहाँबाट प्राप्त हुन्छ शान्ति प्रक्रिया र संविधान निर्माणलाई निष्कर्षमा पुर्याउने शक्ति ।
विगतमा बाक्लो दाल खान बनाइएका चुलाहरुलाई भत्काएर एउटै धुनी जगाऔं अनी प्राप्त हुन्छ शक्ति र उज्यालो । सबैलाई एकीकृत र संगठित बनाउँदै, विकार र फोहोरहरु, अवसरवादी, इतिहासको ब्याज खान पल्केका चोर बिरालाहरु, सिंगो माओवादी आन्दोलनमा पैदा भएका ठेकेदार र दलाललाई पन्छाएर फेरिपनि इमान्दार, कर्तव्यनिष्टहरुलाई जिम्मेवारी दिने संस्कारको विकास गर्नुहोस्, त्यसले दिनेछ उर्जा । माओवादीले जुन संसदवादी बाटोमा पाइला राखेको छ त्यहाँ दह्रोसँग टेकेर निकासको बाटो खोज्नुहोस्, अन्यथा पुर्पुरोमा हात राखेर बस्नुको विकल्प छैन ।

राष्ट्रिय सहमति कायम गरी संविधान दिनका लागि विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले आफ्नो भूमिका रहेको बताउने प्रचण्ड अहिले किन त्यही राष्ट्रिय सहमति गर्न छोडेर रोल्पातिर हान्निदै छन् रु यदी राष्ट्रिय सहमति नै चाहेको भए राजधानीमा बसेर सहमति जुटाउन किन सम्भव भएन रु होइन, संविधानका लागि शक्ति नै चाहिएको हो भने पूर्व मेचीदेखि मध्य तराईसम्म आईपुग्दा किन शक्ति आर्जन हुन सकेन रु यो गम्भीर प्रश्न हो एमाओवादी, उसले नेतृत्व गरेको २२ दलीय मोर्चा र माओवादी विचारधारालाई ग्रहण गर्ने सबै पार्टीहरुलाई पनि ।
अहिले रोल्पामात्रै होइन, झापादेखि कैलालीसम्म, ताप्लेजुङदेखि दार्जुला सम्म र हिमालदेखि तराईसम्मका सबै जनताको एउटै चाहाना हो, देशमा शान्ति, स्थायित्व र अमनचयन । यसमा तलमाथि गरेर देशलाई अनिर्णयको बन्दी बनाउने अधिकार कसैलाई पनि छैन । नेपालमा आमूल परिवर्तनका नारा दिएर गरिएको जनयुद्धमा रोल्पाले ठूलो बलिदान गर्यो तर आज कतिपय नेताहरुलाई त्यही रोल्पा देखाएर धर्काउने माध्यम बन्न थालेको छ । त्यसो भए तपाई आफैं उत्तर खोज्नुहोस् तपाईलाई ताप्लेजुङदेखि दार्चुलासम्म र झापादेखि कैलाली सम्मका जनताले किन त्यहीमात्रामा साथ दिएनन् रु १५ औं हजारको बलिदानी भएको १० वर्षे जनयुद्धको सुप्रिम कमाण्डर कमरेड प्रचण्ड अहिले किन देशभरीबाट शक्ति आर्जन गर्न सक्नुभएन रु त्यसमा कतै तपाई आफ्नै कमजोरी त छैन, अनी आज रोल्पालाई मात्रै आफ्नो सुरक्षित ठाउँ सम्झिनुभएको त हैन रु हैन भने आफैले रोजेको संसदवादी फोहोरी आहालमा पसेपछि त्यसलाई पार लगाउने हिम्मत गर्नैपर्छ ।
त्यो रोल्पाबाट मात्रै सम्झव छैन । रोल्पाले आफ्नो एउटा महत्वपूर्ण अभिभारा पुरा गरिसक्यो अब उसलाई विश्रामको आवश्यकता छ । चहर्याएका घाउमा मल्हम पट्टी लगाउनुपर्ने छ । घाइते, अपांग वेपत्ता र अंगभंग भएकाका परिवारलाई नाना, दाना र छानाको आवश्यकता छ, तपाईको फुस्रो आश्वासनको मात्रै होइन । नेपालको परिवर्तनकारी आन्दोलनमा भीमदत्त पन्तदेखि रन्तकुमार वान्तावा हुँदै, छिन्ताङ्ग हत्याकाण्ड र माओवादी जनयुद्धमा मारिएका १५ औं हजार वीर विरंगनाहरुका परिवारको आजको वास्तविक अवस्था आज के छ रु तिनीहरुको घाउमा सबैभन्दा पहिले मल्हमपट्टी लगाएर मात्रै शक्ति आर्जन हुनसक्छ अन्यथा मुखले मात्रै गरिने शक्ति आर्जनले नेपालमा परिवर्तन संस्थागत हुन सक्दैन, न त प्रतिगामीहरुको सल्बलाहटलाई रोक्ने तागत नै आउँछ ।
आज नेपालको माओवादी आन्दोलन जुन ठाउँमा आएर अकर्मन्यतामा फसेको छ त्यो आफैले निम्त्याएको भड्खालो हो । प्रचण्ड कमरेड, आज तपाईलाई कुनै न कुनै ठाउँमा बाटो बिराएको जस्तो लाग्दैन रु २०६८ को चैत्र २८ लाई सम्झिनुहोस् त, तपाई आफैंले तपाईलाई जनयुद्धभरी पहरा दिने जनसेनालाई मध्यरातमा कब्जा गराएको, अनी २ लाख, तीन लाख, पाँच लाखका पोका बोकेर घर फर्किएका जनसेनाहरु आफ्नै कमाण्डरहरुबाट बाटोमै लुटिएको ।
जुन तागत र शक्तिले जनयुद्ध लडिएको थियो, ती इमान्दार कार्यकर्ता र जनसेनाका जवानहरु आज छोराछोरीलाई भोटो, श्रीमतीलाई फरियाँ र बाबुआमालाई कमिज फेरिदिनका लागि तपाईको साम्यवादको सपना होइन माओवादी आन्दोलनले दिएको चरम निराशा र कुण्डा र पीढा बोकेर साउदी, कतार, दुवई, मलेसियामाजस्ता खाडी मुलुकमा मजदुरी गरिरहेका छन् । शक्ति आर्जन गर्न त्यता जाने कि नजाने रु
अन्त्यमा, माओवादी आन्दोलन कुनै व्यक्तिवाद, भैंसीपुजा, उग्रवादी भड्काव र दक्षिणपन्थी संशोधनवादका निम्ति थिएन नेपाल र नेपाली जनताको राज्यसत्ता र सिंगो मानवजातिको उन्नतिको लागि थालिएको महान् अभिनयान पनि थियो । तपाईले नै जनयुद्धपूर्व लेखेको दस्तावजेनको शब्दलाई सापट लिने हो भने एक पटक उठाएको बन्दुक उद्देश्य पुरा नहुदै बिसाएमा त्यो जनताप्रतिको धोखा, बेइमानी, गद्दारी र अपराध हो । त्यो अपराध त भइ नै सक्यो । त्यसमाथि पनि माओवादी आन्दोलनलाई उग्रवामपन्थी भड्काव र दक्षिणपन्थी अवसरवादबाट बचाएर एकताबद्ध गरी क्रान्तिकारी पार्टी निर्माण गर्दै क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने काम पनि पुरा हुन सकेन र छिन्नभिन्न भएर आ आफ्नै चुला चौका बनाउने काम भए ।
यसले न त क्रान्तिलाई सेवा गरेको छ, न त छिन्नभिन्न टुक्राहरुबाट क्रान्ति पुरा हुने आशा नै गर्ने प्रशस्त ठाउँ छ । शान्ति प्रक्रियाका नाममा जसरी आफूलाई इमान्दार देखाउन आफ्ना सबै साधनहरुलाई निष्कृय बनाउने जुन काम भयो त्यहीबाट नै शक्ति क्षीण बनेको हो, अब शक्ति आर्जन गर्ने ठाउँपनि त्यहीबाट खोज्न जरुरी छ । अब स्पष्ट शब्दमा भन्ने हो भने अबको बाटो शान्ति र संविधानको होकी नयाँ विद्रोहको हो, त्यसलाई निक्र्यौल गर्दै विगतमा जनतासँग गरेका बाचाहरु र सहिद घाइते अपांग, बेपत्ता र अंगभंग भएकाका परिवारका घाउमा मल्हम लगाउँदै माओवादी आन्दोलनलाई एकताबद्ध गर्न जरुरी छ । त्यहाँबाट प्राप्त हुन्छ शान्ति प्रक्रिया र संविधान निर्माणलाई निष्कर्षमा पुर्याउने शक्ति ।
विगतमा बाक्लो दाल खान बनाइएका चुलाहरुलाई भत्काएर एउटै धुनी जगाऔं अनी प्राप्त हुन्छ शक्ति र उज्यालो । सबैलाई एकीकृत र संगठित बनाउँदै, विकार र फोहोरहरु, अवसरवादी, इतिहासको ब्याज खान पल्केका चोर बिरालाहरु, सिंगो माओवादी आन्दोलनमा पैदा भएका ठेकेदार र दलाललाई पन्छाएर फेरिपनि इमान्दार, कर्तव्यनिष्टहरुलाई जिम्मेवारी दिने संस्कारको विकास गर्नुहोस्, त्यसले दिनेछ उर्जा । माओवादीले जुन संसदवादी बाटोमा पाइला राखेको छ त्यहाँ दह्रोसँग टेकेर निकासको बाटो खोज्नुहोस्, अन्यथा पुर्पुरोमा हात राखेर बस्नुको विकल्प छैन ।
काठमाडौं, कार्तिक । कतिपय कलाकारहरु एल्बम निकाल्दा ऋणको भारले थिचिन्छन् । कतिपयलाई आफ्नै गर्जो टार्न पुग्दैन । तर गीतकार पद्मा लिंखा मगरको पहिलो गीति एल्बम ‘नजर’को बिक्रीवितरणबाट संकलित रकम समाज सेवामा लगाएका छन् । उक्त रकम झुम्लावाङ गाउँ संस्थापना ९जेभीएफ०लाई हस्तान्तरण गरिएको छ ।
निष्ठा म्युजिकले राजधानीको काठमाडौं मलस्थित थिएटर मलमा आज आयोजना गरेको कार्यक्रममा राष्ट्रगान सर्जक व्याकुल माइलाले जेभीएफका कन्ट्री कोअर्डिनेटर पूर्णबहादुर बुढा मगरलाई सहयोग रकमवापतको चेक हस्तान्तरण गरे ।
जेभीएफकै कामको सिलसिलामा बस दुर्घटनामा परी दुवै खुट्टा गुमाएका मगर वैशाखी टेकेर रकम हस्तान्तरण कार्यक्रममा उपस्थित थिए । एक वर्षको अवधिमा गीति एल्बम बेचेर ७ लाख १३ हजार २ सय ५० रुपैयाँ हस्तान्तरण गरिएको हो ।
जेभीएफले रूकुम जिल्लाको झुम्लावाङलाई दिगो विकासको क्षेत्रमा ‘नमुना गाउँ’ बनाउनका लागि शिक्षा, स्वास्थ्य, सामाजिक–सांस्कृतिक तथा आर्थिक विकासको क्षेत्रमा स्वदेशी(विदेशी स्वयंसेवकको सहकार्यबाट विभिन्न परियोजना सञ्चालन गरिरहेको छ ।
आफ्नो गाउँ–समाजको विकासका लागि सरकार तथा दातृसंस्थाको मात्रै मुख ताकेर बसे अझै दशकौं कुर्नुपर्ने मात्रै होइन, यसले व्यक्तिगत तथा समग्र समाजलाई नै परनिर्भर बनाउँछ भन्ने निष्कर्षका साथ झुम्लावाङमार्फत सकारात्मक सन्देश प्रवाह गर्न लागिपरेको जेभीएफले जनाएको छ ।
संखुवासभाको माम्लिङ जन्मघर भई झुम्लावाङ कर्मथलो भएकी गीतकार पद्मा लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् । उनले शुभकामना सन्देशमार्फत गाउँठाउँको विकासमा सहयोग पुगोस् भन्ने हेतुले ‘नजर’ एल्बम बजारमा ल्याएको उल्लेख गर्दै त्यसमा साथसहयोगका लागि आभार व्यक्त गरेकी छन् ।
निष्ठा म्युजिकले उत्पादन तथा बजार व्यवस्थापन गरेको यस एल्बममा राजेश थापाको सोलो संगीत छ । सर्जकका तर्फबाट कार्यक्रममा बोल्दै संगीतकार थापाले ‘नजर’ एल्बमको माध्यमबाट गाउँको विकासमा टेवा पुग्नुका साथै आफ्नो सांगीतिक करिअरमा पनि ठूलो फड्को भएको सुनाए ।
एल्बमका गीतहरूमा संगीता राना, उदय सोताङ, राजेशपायल राई, रिमा गुरुङ होडा, स्वरुपराज आचार्य, अञ्जु पन्त र दीपक लिम्बूको स्वर समेटिएको छ ।
आज हस्तान्तरित रकम जेभीएफद्वारा निर्माणाधीन झुम्लावाङ सामुदायिक स्वास्थ्य केन्द्रको कोषमा जाने जेभीएफको असिस्टेन्ट इन्टरनेसनल कोअर्डिनेटर कला कोयूले बताइन् । ‘प्राथमिक उपचार सेवा दिन नियुक्त दुई कर्मचारीलाई यस रकमबाट पारिश्रमिक दिइनेछ’, कार्यक्रम संयोजक सचित राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०६७ कात्तिकमा स्वास्थ्य केन्द्रको भवन निर्माण सुरुआत गरिएकोमा २०६८ भदौमा पहिलो चरणको काम सम्पन्न भएको थियो ।
३३ लाख ९७ हजार रुपैयाँ कुल लागतमध्ये १३ लाखबराबरको जनश्रमदान गरिएको छ । यसमा सहयात्री संस्था फ्रान्सको पार्टेज एट सोइनले १९ लाख, जिल्ला विकास समिति, रूकुमबाट १ लाख ९७ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
२०६९ कात्तिकदेखि प्राथमिक उपचार सेवा प्रारम्भ गरिएकोमा तीन वर्षभित्र दोस्रो चरणको भवन निर्माण सम्पन्न गरी १० वर्षभित्र १५ शय्याको अस्पताल निर्माण तथा सञ्चालनका लागि पूर्वाधार तयार गर्ने लक्ष्य छ ।’
०७० साल असार ८ गते नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति अम्बर गुरुङले यस एल्बमको विमोचन गरेका थिए । आजको कार्यक्रम निष्ठा म्युजिकका प्रबन्ध निर्देशक नानुकला राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कला कोयूले झुम्लावाङ र जेभीएफका बारेमा पावरपोइन्टबाट प्रस्तुति दिएकी थिइन् । राष्ट्रगान सर्जक माइलाले गाउँको विकासका लागि लागिपरेकोमा गीतकार पद्माका साथै जेभीएफका कार्यको सराहना गरेका थिए ।
कास्की, २५ कार्तिक । कास्कीको लेखनाथस्थित नेपाल रेडक्रस सोसाइटीलाई एम्बुलेन्स सञ्चालनका लागि जापानमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । जापानमा बस्दै आएका नेपालीहरूबाट संकलन गरिएको एक लाख ५० हजार रूपैयाँ हिजो सोसाइटीलाई हस्तान्तरण गरिएको हो । लेखनाथमा भएको कार्यक्रममा सोसाइटीको उप–शाखाका पूर्वसभापति प्रकाशमान श्रेष्ठले सभापति हिरामणि सुवेदीलाई रकम हस्तान्तरण गर्नुभयो । उप–शाखाबाट ११ वर्षअघि सञ्चालन गरिएको एम्बुलेन्स बिग्रिएरपछि सहयोग रकम जुटाइएको हो ।
नेपाली राजनीतिमा पाँच दशक बिताएका ८५ वर्षीय थापाले संविधानसभाको पहिलो बैठकमा सभासदहरुलाई यसरी इतिहासबारे सचेत गराएका थिए ः
२००८ सालदेखि २०१४ सालसम्मको तत्कालीन नेतृत्ववर्गको अवस्था भ्रमपूर्ण रहेको अवस्था थियो । अर्काको हैसियत र अस्थित्व कोही पनि स्वीकार्न तयार नरहेको स्थिति आत्मकेन्द्रित नेतृत्व वर्गमा देखिन्थ्यो । ज्यादै अन्योलको अवस्था थियो । राजनीतिक क्षत्रेमा कत्ति पनि गम्भीर नहुने स्थिति पनि रहेको थियो । अदूरदर्शिता त झनै थियो ।
२००७ सालको परिवर्तनपछि अन्तरिम संविधानमा संविधानसभाको निर्वाचनको व्यवस्था गरिएको थियो । र, त्यही संविधानसभाले संविधान निर्माण गर्ने तोकिएको थियो । यो २००८ सालको अन्तरिम संविधानमा व्यवस्था भएको कुरा थियो । तर, तत्कालीन नेतृत्व वर्गको अन्योल, ईष्या, द्वेष, गम्भीर नहुने प्रवृत्ति र गैरजिम्मेवार प्रवृत्तिले गर्दा तत्कालीन राजाबाट अन्तरिम संविधान संशोधन गरी संविधानसभाको सट्टा संसदको निर्वाचनको व्यवस्था गरियो र संविधान राजाले दिने व्यवस्था गरियो ।
यो अवस्थाले इतिहासको गति बदलिदियो । त्यसबेला गुमेको संविधानसभा र संविधान प्राप्त गर्न धेरै वर्ष कुर्नुप¥यो । करिब ४० देखि ५० वर्ष लाग्यो । यो विषयमा ध्यान जानुपर्ने र हेक्का रहनुपर्ने अवस्था छ । मैले सम्झिनका लागि सजिलो होस् माननीय सदस्यहरुका लागि भनेर मैले यो घटना उल्लेख गरेको हुँ । यो घटना स्मरण गराउन चाहेको उद्देश्य वर्तमान नेतृत्व हर विषयमा सचेत रहनुपर्ने अवस्था छ । यसको अभावमा त्यही घटना दोहोरिने राजनीतिक अवस्था छैन भनेर भन्न सकिँदैन ।
नेपालबाट युवाहरु धमाधम बिदेशी रहेको अवस्थामा युवाहरुलाई रोजगारी र छाला जुत्तामा नेपाललाई आत्मानिर्भर बनाउने उदेश्यका साथ स्थापना भएको छाला जुत्ता तथा बस्तु उत्पादक संघको आयोजनामा राजधानीमा दशौ राष्ट्रिय प्रदर्शनी भइरहेको छ । त्यसैभीडमा भेटिएका ओखलढुंगाका बृद्ध भैरवबहादुर श्रेष्ठ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउछन् । अहिले नेपालमा छालाजुत्ताको मागको ५५ प्रतिशत स्वदेशी उत्पादनले पुरा गरिरहेको छ । अझैपनि ४५ प्रतिशत छालाजुत्तामा बिदेशीहरुको मुख ताक्नु पर्ने अवस्थामा रहेको छ ।
प्रदर्शनीमा नेपालमा चर्चित देखी भर्खरै आफूलाई स्थापित गराउने धुनमा रहेका कतिपय कम्पनीहरुका गरी करिव ७५ वटा कम्पनीका ९० वटा भन्दा बढि स्टलहरु रहेका छन् । त्यहा मानिसहरु छालाजुत्ता किनमेलदेखी अवलोकनका लागि समेत पुगेका भेटिन्थे । बाँसबारी छालाजुत्ताको अवसानसंगै बिदेशी कम्पनीहरुको हातमा पुगेको बजारलाई आफ्नो बनाउनका लागि सुरु भएको छालाजुत्ताको व्यवसायिक उत्पादन र त्यसको कच्चा पदार्थको उत्पादनमा समेत अहिले नेपाल आत्मानिर्भर बन्दै गएको छालाजुत्ता तथा बस्तु उत्पादक संघका महासचिव कृष्ण फुयाल बताउँछन् ।
नेपालमा हरेक प्रकारका उद्योगहरु स्थापना हुने भएपनि तिनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने सरकारी नीति स्पष्ट नहुदा उद्योगीहरु अन्योलमा पर्ने गरेका छन् भने व्यवसाय समेत आत्मानिर्भरताको बाटोमा जान सकिरहेको छैन । अहिले सरकारले कच्चा पर्दार्थ आयातमा सहुलियत दिने हो भने उद्योगलाई निरन्तरता दिन र छाला जुत्तामा आत्मानिर्भर बनाउन सहयोग पुग्ने प्रदर्शनीका संयोजक एवं छाला जुत्ता तथा बस्तु उत्पादक संघका महासचिव फुयाल बताउछन् ।
जस्ता बस्तुहरु उत्पादन गरेपनि त्यसले निरन्तरता पाउनका लागि ग्राहकहरुको मन जित्न सक्नुपर्ने हुन्छ । जसले जस्तो योजना बनाएपनि त्यसलाई उपभोत्ताले मन पराएनन् भने त्यसले निरन्तरता पाउन सक्दैन । नेपाली बस्तुलाई किन र के आधारमा उपयोग गर्ने, सस्तो, राम्रो, आकर्षक भएर वा नेपाली हो लगाईदिनुपर्छ भनेर भन्ने कुरामा उत्पादकहरु स्पष्ट हुन जरुरी छ । यदी आकर्षक र बलियो बनाउन सकिएन भने नेपाली हो लगाउनुपर्छ भन्ने भावनाले मात्र उद्योगलाई टिकाउन सकिदैन । त्यसका लागि सरकारी नीति, सबैको सहयोग र आत्मविश्वासको आवश्यक छ ।